रसुवामा बन्ने भोटेकोशी जलविद्युत् आयोजना निर्माण सुरु
रसुवा । एक सय बीस मेगावट क्षमताको रसुवा भोटेकोशी जलविद्युत् आयोजना निर्माण सुरु भएको छ ।
तीन वर्षमा निर्माण सम्पन्न गर्नेगरी काम सुरु गरिएको आयोजनाले जनाएको छ । आयोजनाले अहिले सुरुङ निर्माणको काम सुरु गरेको छ । यो आयोजनाको लागत २० अर्ब ३८ करोड ९८ लाख ९४ हजार रुपैयाँ रहेको छ ।
आयोजनामा ९० प्रतिशत वैदेशिक र १० प्रतिशत नेपाली पक्षको लगानी रहेको छ । भोटेकोशी नदीमा बाँध बाँधेर ल्याइएको पानीलाई ४ हजार ८ सय ३५ मिटर लम्बाइको सुरुङमार्फत चिलिमे खोला र भोटेकोशीको संगमस्थलमा पावर हाउस निर्माण गरिनेछ ।
आयोजनाको सम्पूर्ण भौतिक संरचना भूमिगत हुनेछ । आयाेजनाका लागि २०७० पुस १८ गते वैदेशिक सहायता स्वीकृत भएको थियो । यो आयोजना लाङटाङ भोटेकोशी हाइड्रोपावर जलविद्युत् कम्पनी प्रालीले निर्माण गर्न लागेको हो ।
आयोजनाका अनुसार उत्पादन भएको विद्युत् १३२ केभी डबल सर्किट प्रसारण लाइनमार्फत चिलिमे हबमा जोडिनेछ भने यसको दूरी पाँच किलोमिटर रहनेछ । यो आयोजना चीनको सिचुवान हुवानी इनर्जी इनभेस्टमेन्ट कम्पनी लिमिटेडको लगानीमा निर्माण हुन लागेको हो ।
आयोजनाको काम तोकिएको समयसीमाभित्र सम्पन्न हुने कम्पनीका प्रमुख दीपक खड्काले दावी गर्नुभयो ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया