अखिल नेपाल किसान महासंघ रसुवाकाे जिल्ला कमिटी गठन
नुवाकोट । अखिल नेपाल किसान महासंघ रसुवाकाे जिल्ला कमिटी गठन भएको छ ।
स्थानीय निकायमा संयाेजक र सह संयाेजकहरू जिल्ला कमिटीमा रहने गरि गठन भएको हाे । जिल्ला संयाेजक रेबतीप्रसाद अर्यालकाे संयाेजकत्यामा १२ सदस्यीय जिल्ला कमिटी बनेको हाे । रसुवा कालिकास्थानमा भएको भेलाले जिल्ला सह संयाेजकमा चुडामणिा पाैडेल चयन भएका छन् ।
यस्तै गरि कालिका गाउँपालिका संयाेजक अणप्रसाद अर्याल, सह संयाेजक भवानी शंकर देवकोटा चुनिएका छन् । उत्तरगया गाउँपालिका संयाेजक महेश्वर लामिछाने, सह संयाेजक चुपप्रसाद न्याैपाने, नाैकुन्ड गाउँपालिका संयाेजक खिलनाथ पाैडेल, सह संयाेजक न्याेसिंङे लामा, गाेसाईकुण्ड गाउँपालिका संयाेजक साेनाम ग्याल्वाे घले, सह संयाेजक दाेर्जे तामाङ र अामाछेदाेग्ङे गाउँपालिका संयाेजक दावानुर्पु तामाङ र सहसंयाेजक संगम लामा चयन भएका छन् ।
पदाधिकारी एवं सदस्यीय हरूलाई महासंघ ३ नं प्रदेश संयाेजक रामप्रसाद दाहालले सफथग्रहण गराउनु भएको हाे । नुवाकोटका महासंघ संयाेजक यमकुमार खाती, नेपाल कम्युनिस्ट पार्टी नेकपा रसुवाका माधवप्रसाद लामिछाने, भवानीप्रसाद न्याैपाने, अर्जुन देवडा, सावित्री पुडासैनी, लगायतका नेताहरू ले शुभकामना मन्तव्य राख्नुभएको थियोे ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया