थ्रीस्टारसँग एपिएफको झिनो हार
नुवाकोट ।सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा थ्री स्टार क्लबले जित निकालेको छ । शनिबार भएको खेलमा थ्री स्टारले एपीएफ क्लबलाई १-० गोल अन्तरले हराएको हो ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा थ्री स्टारलाई जित दिलाउन अनन्त तामाङले निर्णायक गोल गरे । खेलको १५ औं मिनेटमा अनन्तले निर्णायक गोल गरे ।दायाँ भागको कर्नर साइडबाट मिक्छेन तामाङको फ्रिकिकलाई अनन्तले हेडबाट पोस्टको दिशा दिएका थिए । सुशान्त श्रेष्ठलाई एपीएफका डिफेन्डरले फउल गर्दा थ्री स्टारले फ्रिकिक पाएको थियो ।
खेलमा म्यान अफ दि म्याच अनन्त चुनिए । यससँगै थ्री स्टार दोस्रो जित निकालेको छ । थ्री स्टारले ३ खेलमा ७ अंक जोडेको छ ।
पहिलो खेलमै जावलाखेलसँग गोलरहित बराबरीमा रोकिएको थ्री स्टारले दोस्रो खेलमा पुलिस क्लबमाथि १-० को कठिन जित निकालेको थियो ।एपीएफको यो दोस्रो हार हो । पहिलो खेलमा साविक विजेता मनाङ मर्स्याङ्दीसँग २-० ले पराजित एपीएफले हिमालयन शेर्पासँग १-१ गोलको बराबरी खेलेको थियो ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया