संरक्षणको पर्खाइमा देविघाटमा रहेको पृथ्वी नारायण शाहको शालिक
विदुर खबर
२०७६ पुष ९ गते २०:४२
देविघाट । नुवाकोटको विदुर नगरपालिका वडा नम्बर ५ देवीघाटमा रहेको पृथ्वीनारायण शाहको शालिक संरक्षणको पर्खाइमा बसेको छ ।
राजा पृथ्वीनारायण शाहले साना राज्य एकीकरण गरेपछि अन्तिम समय १८३१ माघ १ गते यही शालिक रहेको ठूलो ढुंगामा देहत्याग गरेको इतिहास छ । पछि सोही ढुंगामा पश्चिम मोहडा फर्किएको शालिक निर्माण राखिएको थियो । स्मारकमा यहाँ आउने स्वदेशी तथा विदेशीले पर्यटकले शालिकमै गएर फोटो खिच्ने गरेका छन । स्मारक वरिपरि लगाइएको पर्खाल होचो छ ।
चारैतिर ढोका भएपनि ढोकाले राम्रोसँग काम नगरेको विदुर नगरपालिका वडा नम्बर ५ का हरि कुमालले बताए । शालिकमा जो कोहीको पनि पहँच पुगेपछि शालिक अहिले संकटमा परेको छ । यसअघि शालिकको राम्रोसँग हेरचाह नगरेकै कारण गतवर्ष शालिकमा रहेको तरबार हराएको थियो । तरबार हराएपछि शालिकमा अहिले नक्कली तरवार जडान गरिएको छ ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया