सैन्य परीक्षामा १२ जना नक्कली परीक्षार्थी पक्राउ
काठमाडौँ (रासस) : नेपाली सेनाको सैन्य पदको लिखित परीक्षामा अर्काको नाममा परीक्षा दिन पुगेका चार महिलासहित १२ जना नक्कली परीक्षार्थी पक्राउ परेका छन् ।
लोकसेवा आयोगद्वारा लिइएको सैन्य पदको लिखित परीक्षामा अर्काको नामबाट परीक्षा दिने रत्नराज्य माध्यमिक केन्द्रबाट एक र सिआइटिई कलेज तीनकुनेबाट ११ गरी कुल १२ जना नक्कली परीक्षार्थीलाई आज पक्राउ गरिएको महानगरीय प्रहरी परिसरले जनाएको छ ।
पक्राउ पर्ने महिला नक्कली परीक्षार्थीमा काठमाडौँ मनमैजुकी कविता श्रेष्ठ, कैलालीकी जानकी माझी, मनिषा विष्ट र दोलखाकी सम्झना मगर रहेकी छिन् ।
यसैगरी भोजपुरका गोपाल ढकाल, बर्दियाका प्रकाश भण्डारी र गौतम राना, कैलालीका समिप रोकाय, कास्कीका लोचन वाग्ले, गुल्मीका मोहित भण्डारी, दोलखाका सुदीप कार्की र दिवस कार्कीलाई नक्कली परीक्षार्थीका रुपमा परीक्षामा सामेल रहेको अवस्थामा नियन्त्रणमा लिइएको प्रहरी वृत्त नयाँ बानेश्वरले जनाएको छ ।
पक्राउ पर्नेमा अधिकांश आफन्तको परीक्षा दिन गएका भेटिएको छ भने केहीले भने पैसा लिएर जाँच दिएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको प्रहरीले जनाएको छ ।
प्रहरी वृत्त नयाँ बानेश्वरका प्रमुख एवं प्रहरी नायब उपरीक्षक रवि पौडेलले नक्कली परीक्षार्थीको अभियोगमा पक्राउ परेकालाई कानूनअनुसार कारवाही चलाइने जानकारी दिए ।
केही विद्यार्थीले आफूहरुलाई गाडीमा राखेर परीक्षा दिन पठाएको भनी बयान दिएपछि नक्कली परीक्षार्थीको संलग्नताबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाइएको छ ।
सम्पूर्ण रुपमा लोकसेवाले परीक्षा सञ्चालन गर्ने भएकाले नक्काली परीक्षार्थीको संलग्नताको सूचना प्राप्त भए पनि त्यसबारे अरु कुराको जानकारी नभएको बताएको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया