राजमार्ग की मृत्युमार्ग ?
विदुर खबर
२०७४ चैत १० गते ८:१३
काठमाडौँ — पृथ्वी राजमार्गको धादिङ खण्डमा मात्र विगत ६ महिनामा सवारी दुर्घट्नाबाट ७५ जनाले ज्यान गुमाए ।
ट्राफिक प्रहरीका अनुसार साउनदेखि पुस मसान्तसम्म ७४ वटा सवारी दुर्घटना भए । त्यसमा १ सय ९ जना गम्भीर घाईते भए । प्रहरीका अनुसार दुर्घटनाको प्रमुख कारण विहानीपखको निद्रा, चालकको लापरबाही, तीव्र गति, मादक पदार्थ सेवन र छाडा चौपाया हुन् । साँघुरो र जीर्ण सडक, ओभरटेक र ओभरस्पिड पनि सवारी दुर्घट्नाका अन्य कारणहरु हुन् । दैनिक जसो ठूला–साना दुर्घट्ना भइरहेपनि सम्बन्धित निकायले यसको दीर्घकालिन समाधानको बारेमा सोचेको भेटिन्न । त्यसैले राजमार्गहरु मृत्यु मार्ग बनिरहेका छन् ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया