शिवपुरीको महेन्द्र मावि विद्यालयलाई हस्तान्त्ररण
विदुर खबर
२०७६ पुष ४ गते ८:५५
नुवाकोट । भुकम्पले ध्स्त बनाएको शिवपुरी गाउँपालिका वडा नम्बर ४ काउलेमा रहेको महेन्द्र माध्यामिक विद्यालयको भवन पुन निर्माण गरि विद्यालयलाई हस्तान्तरण गरिएको छ । बिहिबार एक कार्यक्रमको आयोजना गरि भवन विद्यालयलाई हस्तान्तरण गरिएको हो ।
कार्यक्रममा प्रदेश नम्बर ३ की उप–सभामुख राधिका तामाङले भुकम्पपछिको पुननिर्माणसँगै विद्यालयले राहातको सास फेर्न सकेको बताइन । उनले भवन अभावको समस्या समाधान भएसँगै अबका दिनमा विद्यालयले शैक्षिक गुणस्तरमा ध्यान दिनुपर्ने बताइन ।
कार्यक्रममा बोल्दै संघिय सांसद हितबहादुर तामाङले भौतिक संरचनाको निर्माणसँगै आगामी दिनमा विद्यालयको शैक्षिक स्तर वृद्धि हुने विश्वास लिए । तामाङले सरकारले शिक्षा र स्वास्थ्यमा धेरे लगानी गरेको भन्दै गरेको लगानी खेर जान नहुने बताए ।
जापानी सहयोग नियोग जाईकाको सहयोगमा भवन निर्माण गरिएको हो ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया