कांग्रेसभित्रको विवाद मिलाउने प्रयास जारी
काठमाडौं। नेपाली कांग्रेसभित्र चुलिँदै गएको आन्तरिक विवाद मिलाउने प्रयास जारी रहेको छ। विवादित विषय सहमति नजिक पुगेको भन्दै सोमबार आह्वान गरिएको बैठक स्थगित गरी भोलि बुधबारका लागि पुनः केन्द्रीय समिति बैठक आह्वान गरिएको छ।
महाधिवेशनको कार्यतालिकासहित बैठकमा एजेन्डा प्रस्तुत गर्न सभापति देउवा पक्षका नेताहरू सहमत भए पनि नेविसंघ, तरुण दल र विभागमा भागवण्डाको कुरा मिलेको छैन।
केन्द्रीय बैठकमा १४औं महाधिवेशनको कार्यतालिकालाई प्रमुख एजेन्डा नबनाई संख्या थप गरी विभाग बनाउने एजेन्डा ल्याएपछि आन्तरिक विवाद चुलिएको थियो। सभापति शेरबहादुर देउवा पक्ष विभाग गठन गर्ने र नेविसंघ, तरुण दललगायत भ्रातृ संस्थाको निर्माणपछि मात्र महाधिवेशनको कार्यतालिका ल्याउने पक्षमा छ।
वरिष्ठ नेता रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौला पक्ष भने बैठकमा प्रमुख एजेन्डा महाधिवेशनको कार्यतालिका बनाउनुपर्ने बताउँदै आएका छन्। यही विवादका कारण पौडेल पक्षले केन्द्रीय समिति बैठक बहिष्कार गर्दै आएको छ। विवाद सुल्झाउन देउवा पक्षबाट विमलेन्द्र निधि र पौडेल पक्षबाट प्रकाशमान सिंहको संयोजकत्वमा वार्ता टोलीसमेत गठन गरिएको छ।
सहमति गरी बैठक बस्न सोमबार दिनभरि पनि टोली वार्तामा व्यस्त रहेको थियो। विवादित विषयमा सहमति नजिक पुगेकाले बैठक बुधबार दिउँसो बस्ने गरी सोमबारको बैठक सूचनाका आधारमा स्थगित भएको केन्द्रीय सदस्य शिवप्रसाद हुमागाईंले जानकारी दिनुभयो। विवाद मिलाउन नेता प्रकाशमान सिंह निवास चाक्सिबारीमा देउवा र पौडेल पक्षका नेताबीच छलफल भएको थियो। हिजो साँझ अबेरसम्म पनि नेताहरू छलफलमै व्यस्त थिए।
स्रोतका अनुसार महाधिवेशनको कार्यतालिकासहित बैठकमा एजेन्डा प्रस्तुत गर्न सभापति देउवा पक्षका नेताहरू सहमत भए पनि नेविसंघ, तरुण दल र विभागमा भागवण्डाको कुरा मिलेको छैन।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया