टर्की चराको उत्पादनमा कमी
क्षेत्रीय कृषि अनुसन्धान केन्द्र परवानीपुर बाराले उपभोक्ताहरुको मागअनुसार टर्की चराको उत्पादन गर्न नसक्दा यसको मासु खाने पौरखीहरु यसको मासु खानबाट वञ्चित भएका छन् ।
खानमा स्वादिलो तथा पौष्टिक तत्व प्रचुर मात्रामा रहेकाले यसको माग बढ्दै गए पनि केन्द्रले मागअनुसारको टर्की चरा उत्पादन गर्न नसकेपछि यसको मासु खाने पारखीहरु वञ्चित भएका छन् । सरकारी स्तरमा टर्की चराको उत्पादन गर्ने एकमात्र केन्द्रले स्रोत साधनको कमी तथा जनशक्तिको अभावको कारण मागअनुसारको टर्की चरा उत्पादन गर्न नसकेको प्राविधिक अधिकृत विकेद जिसीले बताउनुभएको छ । अघिल्लो आर्थिक वर्ष २०७५÷७६ मा सो केन्द्रले एक लाख २५ हजार मूल्य बराबरको टर्की चरा बेचेका थिए । यस टर्की चराको मासुमा शीत भण्डारण कम हुने भएकाले यसको मासु बिरामीले पनि खाने हुने भएकाले यसको माग बढ्दै गएको छ ।
केन्द्रले सन् २००१ देखि टर्की चराको उत्पादन गर्दै आएको र यहाँबाट उत्पादित टर्की चरा व्यापारीले नेपाल अधिराज्यभर लाने गरेको छ । अहिले फार्मभित्र १५० वटा मासु टर्की रहेको छ । फागुनदेखि भदौ महिनासम्म टर्कीको चल्ला उत्पादन हुने गरेको केन्द्रका क्षेत्रीय प्रमुख केशवप्रसाद श्रेष्ठले बताउनुभयो । कृषि अनुसन्धान परिषद् (नार्क) अन्तर्गत रहेको यो केन्द्रले विभिन्न प्रकारका धानको मूल बीउ उत्पादन गर्दै आइरहेको छ ।
यहाँबाट उत्पादित धानको मूल बीउ बजार भाउभन्दा कममा बिक्री हुने भएकाले किसान आकर्षित हुँदै आएका छन् । यहाँबाट उत्पादित मूल बीउले राम्रो उत्पादन दिने तथा सरकारी दरभाउमा बिक्री हुने गरेकाले किसान यसतर्फ आकर्षित भएका हुन् । फार्ममा ३० बिगाहा क्षेत्रफलमा धानको बीउ उत्पादन हुने गरेका छन् ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया