विमल सहित चार खेलाडीलाई प्रतिबन्ध
काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले विमल घर्ति मगरसहित चार खेलाडीलाई प्रतिबन्ध लगाएको छ ।
विश्वकप छनोट अन्तर्गत कुवेतसँगको खेलका लागि भुटान जाने अघिल्लो रात ठमेलको लाउन्ज बारमा गएपछि तत्काल निलम्बनमा परेका विमलसहित ४ खेलाडीलाई एन्फाले थप कारबाही गरेको हो ।
एन्फाको अनुशासन समितिले विमल र दिनेशलाई ९० दिनको प्रतिबन्ध लगाएको छ । यस्तै अन्जन र सन्तोषलाई ४५ दिनको प्रतिबन्ध गरेको छ ।एन्फाको अनुशासन समितिले प्रतिबन्धसँगै चारै खेलाडीलाई ५० हजार जरिवाना समेत गरेको छ ।
एन्फाले चारै खेलाडीको प्रतिबन्ध आजबाट सुरु भएको जनाएको छ ।
प्रतिबन्धसँगै चारै खेलाडीले एन्फाले आयोजना गरेको कुनैपनि प्रतियोगिता खेल्न नपाउने एन्फाका महासचिब इन्द्रमान तुलाधरले जानकारी दिए ।एन्फाको प्रतिबन्धसँगै विमल र दिनेशले ‘ए’ डिभिजन लिग गुमाउने छन् । अन्जन र सन्तोषले भने आधा सिजन खेल्न पाउने छन् ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया