भुटानमाथि नेपालको ऐतिहासिक जित
नुवाकोट । काठमाण्डौमा जारी १३ औ दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) अन्र्तगत आज भएको खेलमा नेपालले भुटानमाथि ऐतिहासिक जित हासिल गरेको छ ।
बिहिबार भएको खेलमा भुटानलाई १ सय ४१ रनले पराजित गर्दै नेपालले शानदार जित निकालेको हो । किर्तिपुरस्थित टियु क्रिकेट मैदानमा नेपालले दिएको २ सय ३७ रनको लक्ष्य पछ्याएको भुटानले ६ विकेट गुमाएर ९५ रन मात्र बनायो । भुटानका मिक्यो दोर्जीले सर्वाधिक २७ रन बनाए । यस्तै सोनाम तोब्गेयले १५, तोब्डेन सिन्गेले ११ रन बनाउनु बाहेक अन्य खेलाडीले दोहोरो अंक छुन सकेनन् ।नेपालका पारस खड्काले २ तथा करन केसी, ललित राजबंशी र पवन सर्राफले समान १/१ विकेट लिए ।
यसअघि पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ३ विकेट गुमाएर २ सय ३७ रन बनाएको थियो । नेपालको विशाल योगफलमा कप्तान ज्ञानेन्द्र मल्लले शतकीय इनिङ्स खेले । ५५ बलको सामना गरेका मल्लले ९ छक्का र ५ चौकाको मद्दतले १ सय ७ रन बनाए । शतकसंगै मल्ल नेपालको लागि अन्तराष्ट्रिय टी ट्वान्टी क्रिकेटमा शतक प्रहार गर्ने नेपालका दोस्रो खेलाडी बनेका छन् । यसअघि पूर्व कप्तान पारस खड्काले शतक प्रहार गरेका थिए ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया