भारतबाट नेपाली बालिकाको उद्धार

परासी — पश्चिम नवलपरासीमा एक बालिकालाई ललाईफकाई बेच्नका लागि भारत लैजान लागेको आरोपमा एक भारतीय नागरिकलाई सुस्ताका स्थानीयले नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएका छन् ।
भारतको उत्तर प्रदेश महाराजगंज डोमहाका धुरुप भारतीले पश्चिम नवलपरासी सुस्ता गाउँपालिका-५ बेलहानी बस्ने मुन्ना कलवारको ७ वर्षीया छोरी नब्या कलवारलाई ललाईफकाई भारत तर्फ लैजान लागेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ परेका हरिजन बालिकाको घरमा दिनहुँ जसो मदिरा सेवनका लागि आउने गर्थे । मदिरा सेवनका नाममा दिनहुँ बालिकाको घरमा आएर चिनजान बढाएपछि मामा घर लैजाने भन्दै मिठाई दिएर साईकलमा राखेर फरार भएको बालिकाको अभिभावकको आरोप छ ।
साँझ बालिका घरमा नदेखिएपछि खोजतलास गर्दा घरपरिवार र गाउँलेले खोजी गरेका थिए । राति बाटोमा आवतजावत गर्ने यात्रीहरुको उपस्थिति नदेखेपछि बालिकालाई त्रास देखाउँदै आफ्नो गाउँ तर्फ लैजानेक्रममा आफन्तले फेला पारेर प्रहरीलाई बुझाएका थिए । आरोपितलाई ईलाका प्रहरी कार्याल्यमा बेलाटारीमा राखिएको छ ।
इलाका प्रहरी कार्यालय बेलाटारीका प्रहरी निरीक्षक केशव सिहं थापाका अनुसार घटनाको विषयमा छानविन भइरहेकाले अहिले नै घटनाको कारणबारे यकीन गर्न नसकीने बताए ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया