नुवाकोटका राजिवले पाए करातेमा कास्य
विदुर खबर
२०७६ मंसिर १७ गते २१:१९

नुवाकोट । काठमाण्डौमा जारी १३ औ दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) अन्र्तगत करातेको कुमुतेमा नुवाकोटका राजीव पुडासैनीले कास्य प्राप्त गरेका छन ।
आज भएको करोतको कुमुतेको ६० केजी तौल समुहमा बेलकोटगढी नगरपालिका वडा नम्बर ९ का राजिव पुडासैनीले कास्यपदक प्राप्त गरेको नुवाकोटका करातेका मुख्य प्रशिक्षक उत्तम राईले जानकारी दिए । योसँगै जारी सागमा नुवाकोटका ४ खेलाडीले पदक प्राप्त गरेका छन ।
यसअघि सोमबार नुवाकोटका अनु अधिकारीले स्वर्ण पदक प्राप्त गरेकी थिइन भने कृष्ण तामाङले रजत र रेजिन रिमालले कास्य हात पारेका थिए ।
सम्बन्धित
प्रतिक्रिया