सातै प्रदेशमा सामाजिक सुरक्षा कोषका शाखा विस्तार गरिने
काठमाडौं । देशका सातै वटा प्रदेशका राजधानीमा योगदानमा आधारित सामाजिक सुरक्षा कोषका शाखा विस्तार गरिने भएको छ।
एक वर्षभित्रमा ७ वटै प्रदेशका राजधानीमा कोषका शाखा विस्तार गरिने कोषका कार्यकारी निर्देशक कपिलमणि ज्ञवालीले जानकारी दिए। उनले भने, ‘राजधानीमा केद्रिय कार्यालय रहन्छ र अन्य सातवटै प्रदेशका राजधानीमा कोषले आफ्ना शाखा विस्तार गर्छ।’ नेपालमा सामाजिक सुरक्षा कोषको स्थापना २०६७ सालमै भएको थियो। औपचारिक शुभारम्भ भने गत वर्षको मंसिर ११ गतेदेखि भएको हो।
नीजि क्षेत्रका सम्पूर्ण रोजगारदाता तथा श्रमिक समेट्ने गरी २०७६ साउन १ गतेदेखि योगदानमा आधारित सामाजिक सुरक्षा योजना औपचारिक रुपमा कार्यान्वयनमा आइसकेको छ। हालसम्म कोषमा ११ हजारभन्दा बढी रोजगारदाता तथा १ लाख ११ हजारभन्दा बढी श्रमिक सूचीकृत भइसकेका छन्। यही मंसिर १३ गतेसम्म कोषमा सम्पूर्ण रोजगारदाता तथा श्रमिक सूचीकृत भइसक्नु पर्ने अन्तिम मिति तय गरिएको छ। सो अवधिसम्म कोषमा सूचिकृत हुन आउने रोजगारदाता तथा श्रमिकहरुको संख्यामा उल्लेख्य वृद्धि हुने कोषको अपेक्षा छ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया