राष्ट्रिय क्रिकेट टिमको जिम्मेवारी ज्ञानेन्द्र मल्ललाई
विदुर खबर
२०७६ कार्तिक १३ गते १५:१५
नुवाकोट । नेपाली राष्ट्रिय क्रिकेट टिमको कप्तानको जिम्मेवारी ज्ञानेन्द्र मल्ललाई दिएको छ।
यसअघिका कप्तान पारस खड्काले टिमको कप्तानीबाट राजीनामा दिएपछि नेपाल क्रिकेट संघ( क्यानले) मल्ललाई कप्तानको जिम्मेवारी दिएको हो। अर्काे निर्णय नहुँदासम्म ज्ञानेन्द्रलाई कप्तानको जिम्मेवारी दिइएकाे क्यानले जानकारी दिएको छ।
गत असोज २८ गते विज्ञप्ति जारी गर्दै पारस खड्काले करिब एक दशकदेखि सम्हाल्दै आएको नेपाली टोलीको कप्तानीको जिम्मेवारी त्यागेको घोषणा गरेका थिए। दुबईमा बसेको आइसिसीको बोर्ड बैठकले क्रिकेट एसोसियसन अफ नेपाल (क्यान) माथिको निलम्बन ससर्त फिर्ता लिने निर्णय गरेको भोलिपल्ट पारसले पद छाड्ने घोषणा गरेका थिए।पारस नेपालको टी-२० तथा एकदिवशीय दुवै टोलीका कप्तान थिए।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया