महरामाथिको अनुसन्धान प्रतिवदेन प्रहरीले सरकारी वकिललाई थमायो
काठमाडौं- बलात्कार प्रयासको आरोप लागेका पूर्वसभामुख कृष्णबहादुर महरामाथिको अनुसन्धान प्रतिवदेन प्रहरीले सरकारी वकिललको कार्यालयमा बुझाएको छ।
२० दिन लगाएर तयार पारेको सुझावसहितको उक्त अनुसन्धान प्रतिवेदन महानगरीय प्रहरी परिसर काठमाडौंले शुक्रबार सरकारी वकिलको कार्यालयलाई बुझाएको हो। प्रहरी प्रतिवेदनको थप अध्ययन गरेर सरकारी वकिल कार्यालयलयले महराविरुद्ध मुद्दा चलाउने वा नचलाउने टुंगोमा पुग्ने छ।
बिहीबारमात्रै महरामाथि अनुसन्धानका लागि प्रहरीले काठमाडौं जिल्ला अदालतबाट थप ७ दिनको समय पाएको थियो। संसद सचिवालयकी एक कर्मचारीमाथि बलात्कार प्रयासको आरोप लागेका उनी केही हप्तायता प्रहरीको अनुसन्धानमा छन्।१८ दिनदेखि प्रहरी थुनामा रहेका महरारालाई बालात्कार प्रयासको अरोप लगाउँदै ती कर्मचारीले प्रहरीमा उजुरी दिएपछि १९ असोजमा उनलाई प्रहरीले पक्राउ गरेको थियो।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया