महराको डिएनए परिक्षण गर्न अदालतको आदेश
विदुर खबर
२०७६ कार्तिक ७ गते १८:५४
नुवाकोट । संसद सचिवालयकी कर्मचारीमाथि बलात्कार प्रयास आरोपमा पक्राउ परेका निवर्तमान सभामुख कृष्णबहादुर महरको डिएनए परिक्षण गर्न अदालतले आदेश दिएको छ ।
अदालतले प्रहरीलाई थप सात दिनको म्याद थप गर्दै उनीमाथि डिएनए परिक्षण लगायतका महत्वपूर्ण परिक्षण गर्न प्रहरीलाई आदेश दिएको छ । यस अगावै महरालाई पटक–पटक डिएनए परिक्षणको लागि आग्रह गर्दा उनले आनाकानी गरिरिहेका थिए । जिल्ला सरकारी वकिलको कार्यालयमार्फत प्रहरीले मागे बमोजिम सात दिनको समय जिल्ला अदालत काठमाडौंका न्यायाधीश सुदर्शनराज पाण्डेले दिएका हुन। अव उनलाई तिहारपछि अदालत खुलेसँगै पेश गरिनेछ ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया