दुर्गेशलाई खोज्दै प्रहरी, ‘ह्याप्पी तिहार’ गीत विवादमा
नुवाकोट । ‘हामी पनि नाच्नुपर्छ बीच्च–बीच्चमा’ गीत गाएर चर्चित बनेका गायक दुर्गेश थापा तिहारको मुखमा गाएको ‘ह्याप्पी तिहार, चिसो बियर’ गीतले विवादमा तानिएका छन् ।
तिहारको गीतभित्र उनले गाएको ‘ए निकाल गाँजा, खानुपर्छ आज’ भन्ने अंश कानूनी रुपमा विवादमा तानिएको छ । तिहारको बेला बियर खाने प्रचार गरेका कारण उनी सामाजिक रुपमा आलोचित समेत बनेका छन् ।
कानूनी रुपमा प्रतिबन्धित गाँजा खानुपर्छ भन्दै गीत गाएपछि दुर्गेशविरुद्ध जिल्ला प्रशासन कार्यालय काठमाडौंमा उजुरी परेको छ । उजुरीको कारवाहीका लागि प्रशासन कार्यालयले महानगरीय अपराध महाशाखा टेकुलाई गायक दुर्गेश थापालाई झिकाउन निर्देशन दिएको छ ।
तिहारको गीतमा दुर्गेशले गाएका छन् –
डन आयो डन,
जा मूला भन्,
राजा हो राजा,
बजाइदिन्छ बाजा,
ए निकाल गाँजा,
खानुपर्छ आज !
प्रशासनको आग्रहमा गायक दुर्गेश थापाको खोजी भइरहेको महाशाखाका एसएसपी सहकुल थापाले जानकारी दिए । उनका अनुसार गायक दुर्गेश थापालाई सम्पर्कमा ल्याएर प्रशासनमा बुझाइने छ ।
उजुरीकर्ताले तिहारको गीतभित्र रहेको गाँजा खाने कुरा संशोधन गर्न माग गरेका छन् । प्रशासन कार्यालयले निवेदकको माग अनुसार कारवाही प्रक्रिया अगाडि बढाएको छ ।
https://www.youtube.com/watch?v=06xttOM_J_c
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया