म्याद थपका लागि महरालाई पुनः अदालत लगिँदै
विदुर खबर
२०७६ कार्तिक ३ गते १०:३९
काठमाडौं- थपिएको समयमा पनि अनुसन्धान पूरा नभएपछि निवर्तमान सभामुख कृष्णबहादुर महरालाई पुनः म्याद थपका लागि आज अदालत लगिने भएको छ।
जिल्ला अदालत काठमाडौंले २८ असोजमा जबरजस्ती करणी उद्योगको मुद्दामा अनुसन्धानका लागि महरालाई थप तीन दिन थुनामा राख्न अनुमति दिएको थियो। पछिल्लोपटक थपिएको समयमा समेत अनुसन्धान नसकिएपछि प्रहरीले म्याद थपका लागि महरालाई आइतबार पुनः अदालतमा उपस्थित गराउन लागेको हो।जबरजस्ती करणी उद्योगमा बढीमा २५ दिन न्यायिक हिरासतमा राखेर अनुसन्धान गर्न सकिने कानुनी प्रावधान छ।
संसद् सचिवालयमा कार्यरत एक महिला कर्मचारीमाथि बलात्कारको प्रयास गरेको आरोप लागेका महरा असोज १९ गतेदेखि प्रहरीको नियन्त्रणमा छन्। दसैं बिदाका समयमा पक्राउ परेका महरा जिल्ला अदालतको पक्राउ पुर्जीका आधारमा निवासबाटै पक्राउ परेका थिए।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया