बहाना बनाउँदै नुवाकोटका ठेकदारले काम नगरेपछि सडकको बिजोग
नुवाकोट । ठेकेदारको वहानाले नुवाकोटका सबै सडकहरु अस्व्यस्त बन्दा नुवाकोट भित्रने यात्रुहरुले चर्काे सास्ती व्यहोर्नु परेको छ ।
नुवाकोट भित्रने गल्छी–त्रिशुली–मैलुङ सडक,वालाजु–ककनी–त्रिशुली र टोखा छहरे सडक सबै राजमार्गको अवस्था हरिविजोक बन्दा नुवाकोट भित्रने यात्रुहरुले सास्ती व्यहोर्न बाध्य छन । सडकको अवस्था हरिविजोक बन्दा कुनै गाडीलाई डोजरले तानिरहेको भेटिन्छ भने यात्रुहरू जुत्ता हातमा समातेर कपडाघुँडासम्म सारेर हिलोमा हिँडिरहेका हुन्छन् । यात्रुहरू नै आफू चढेर आएको बसलाई हिलो र खाल्डोबाट उतार्न अनेक जुक्ति निकालिरहेका भेटिने गरेका छन ।
स्तरोन्नतिको नाममा बिगारेर अलपत्र छाडिएको सडक एकपछि अर्को गर्दै निर्माण गर्दा सडक ख हालत खराब हुन पुगेको हो । त्यसैले दसैंमा घर आएका यात्रुहरू गन्तव्यमा कहिले पुग्ने भन्नेमा कसैले पनि यकिनपूर्वक भन्न सक्दैनन् ।सामान्यत:सार्वजनिक बसमा ६ घन्टा लाग्ने यात्रा अहिले दिनभरि लागेको उदाहरण पनि छन् ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया