शान्ति सेनामा जाने सिपाहीको भत्ता बढ्यो, मासिक १ लाख २७ हजार पाउने
नुवाकोट । नेपाली सेनाले शान्ति सेनामा सहभागी हुने सिपाहीको भत्ता बढाउने निर्णय गरेको छ।
सैनिकहरूले पाउँदै गरेको भत्तामा प्रतिमहिना ८५ अमेरिकी डलर (साढे ९ हजार बढी रुपैयाँ) वृद्धि गर्ने निर्णय सेनाले गरेको हो। सैनिक कल्याणकारी कोष सञ्चालन तथा व्यवस्थापन समितिको सोमबारको बैठकले बन्दोबस्ती कार्य गर्ने सिपाहीले हाल प्राप्त गरिरहेको एक हजार २९ अमेरिकी डलर भत्तामा ८५ डलर थप गरी प्रतिमहिना एक हजार ११४ अमेरिकी डलर (१ लाख २७ हजार रुपैयाँ) कायम गर्ने निर्णय गरेको हो।
बैठकले गणको नेतृत्व गर्ने गणपति प्रमुख सेनानीले पाउने भत्तामा भने २१ डलर वृद्धि गरेको छ। प्रमुख सेनानीले यसअघि एक हजार ३७८ अमेरिकी डलर भत्ता पाउने गरेका थिए। अब एक हजार ३९९ अमेरिकी डलर पाउनेछन्। वृद्धि गरिएको भत्तादर असोज १४ (अक्टुबर १) देखि लागू हुने नेपाली सेनाले जनाएको छ। संयुक्त राष्ट्रसंघको आह्वानमा अहिले ११ देशका १२ मिसनमा ५ हजार ९५ जना सैनिक शान्ति सैनिकका रूपमा कार्यरत छन्।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया