साफ च्याम्पियनसिपका लागि नेपाली टोलीे घोषणा
नुवाकोट । नेपालमा आयोजना हुने तेस्रो संस्करणको साफ यू–१८ च्याम्पियनसिपका लागि नेपालले २३ सदस्यीय राष्ट्रिय फुटबल टोलीको आज घोषणा गरेको छ ।
नेपाली टोलीका मुख्य प्रशिक्षक चेतनारायण श्रेष्ठले दोस्रो चरणमा रहेका २५ खेलाडीमध्ये २३ सदस्यीय टोलीको घोषणा गर्नुभएको अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले जनाएको छ । गोलरक्षक रोहित कार्की र मिडफिल्डर दिपेश गुरुङ भने छनोटबाट बाहिरिएका छन् । छनोट भएका खेलाडीमा गोलरक्षक विशाल सुनार, सूर्य अधिकारी र पुजन होना छन् भने डिफेन्डरमा विशाल बस्नेत, रन्दिप पौडेल, पदम भट्टराई, सुजन शर्मा, नविन गुरुङ, रोहन दोङ, अलिक रुम्बा र एन्जल महर्जन छन् । त्यसैगरी मिडफिल्डरमा शिशिर लेखी, रोशन रानामगर, आकाश बुढा मगर, जय गुरुङ, मनिष थापा, कौशल फुयाँल र नितिन थापा छन् भने स्ट्राइकरमा ब्रिजेश चौधरी, साचु गुरुङ, कैलाश लामिछाने, दर्शन गुरुङ र मनिष डाँगी छनोटमा परेका छन् ।
प्रतियोगितामा नेपाल समूह ए मा रहेको छ । नेपालको समूहमा माल्दिभ्स र भुटान छन् । त्यस्तै अर्को समूहमा बङ्गलादेश, भारत र श्रीलङ्का छन् । दुवै समूहको शीर्ष दुई टोली सेमिफाइनलमा प्रवेश गर्नेछन् । आगामी असोज ३ देखि १२ गतेसम्म हुने उक्त प्रतियोगिताको खेल हल्चोकस्थित सशस्त्र प्रहरी बल (एफिएफ) मैदानमा हुनेछ
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया