‘क’ श्रेणीको गोल्डकपमा ६ ‘ए’ डिभिजन क्लब अनिवार्य
विदुर खबर
२०७६ भदौ १९ गते ७:२४
काठमाडौं बाहिर सञ्चालन हुदै आएका प्रतियोगितालाई व्यवस्थित गर्न एन्फाले नियमावली जारी गरेको हो ।एन्फाको फुटबल नियमावली अनुसार मोफसलका गोल्डकपलाई तीन श्रेणीमा विभाजन गरिएको छ । एन्फाले सहभागी हुने टिम, पुरस्कार राशी र व्यवस्थापनलाई आधार बनाएर गोल्डकपलाई तीन तहमा विभाजन गरेको छ ।
क र ख वर्गको प्रतियोगितका लागि १० टिम अनिवार्य गरिएको छ । त्यसमा ६ ए डिभिजन अनिवार्य गरिएको छ । ग श्रेणीको गोल्डकपमा ८ टिम अनिवार्य र ४ ए डिभिजन क्लब हुनुपर्ने उल्लेख गरिएको छ । प्रतियोगिता सञ्चालन गर्न क वर्गको प्रतियोगिताले २० हजार, ख वर्गले १५ हजार र ग वर्गले १० हजार रुपैयाँ दस्तुर एन्फामा बुझाउनुपर्नेछ ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया