बट्टारमा रहेको गोसाइँकुण्ड ड्रिङकिङ वाटर उद्योगमा सिल, पानीको जारमा किरा भेटिएको भन्दै उजुरी
विदुर खबर
२०७६ भदौ १६ गते २२:१७
नुवाकोट । नुवाकोटको विदुर नगरपालिका–४ बट्टारमा रहेको गोसाइँकुण्ड ड्रिङकिङ वाटर उद्योगमा आज जिल्ला प्रशासन कार्यालयले सिल गरेको छ ।
उक्त कम्पनीले उत्पादन गरेर बजारमा पठाएको पानीमा किरा पाइएपछि जिल्ला प्रहरी कार्यालयको प्रतिवेदनका आधारमा प्रशासनले उद्योगमा सिल लगाएको हो । प्रमुख जिल्ला अधिकारी द्रोण पोखरेलका अनुसार कम्पनीमार्फत बजारमा बिक्रीका लागि पठाएको पानीको जारमा किरा रहेको उजुरी उपभोक्ताबाट आएपछि कारवाहीका लागि सिल गरेर परीक्षणका लागि नमूना सङ्कलन गरिएको छ ।
“उद्योगबाट सङ्कलन गरिएका दुई थान नमूना परीक्षणका लागि खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागमा पठाइने छ”, पोखरेलले भन्नुभयो, “नमूनाको नतिजाका आधारमा बाँकी कारवाही अघि बढ्नेछ ।” उक्त कम्पनीमा सिल गरेसगैँ त्यहाँबाट उत्पादित पानी बिक्री नगर्न पनि पत्रमार्फत सचेत गराइएको छ
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया